काठमाण्डौ । अघिल्लो वर्ष वेशाख १२ गते आएको भूकम्प र त्यपछि लगातारको अनुकम्पनका कारण अत्तालिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेको आजको नागरिक दैनिकमा खबर छ ।

पछिल्लो समय स(साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।

घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्।

काठमाडौँका ठूला र अग्ला भवन भएका क्षेत्रको घरजग्गा पास गर्ने र अभिलेख राख्ने सरकारी निकाय मालपोत कार्यालय, डिल्लीबजरकारका प्रमुख पद्यनिधि स्वतीले भूकम्पपछि ठूला र अग्ला भवन बिक्री नभएको जानकारी दिए ।

‘सर्वसाधारणले भूकम्पको क्षति र त्रासलाई भुलेको देखिँदैन,’ स्वतीले भने ।