काठमाण्डौ । सिन्धुपाल्चोकको नेपाल–चीन सीमा क्षेत्रमा केन्द्रविन्दु भएर बुधबार दिउँसो गएको भूकम्प ५.९ म्याग्निच्युटको भएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो। 

भूकम्पको धक्का राजधानी काठमाण्डौलगायत आसपासका जिल्लामा महसुस भएको थियो । मानिसहरु घरबाट बाहिर निस्केका थिए। 

भूकम्पबाट भएको क्षतिबारे विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।