काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेकोमो दुःख व्यक्त गरेको छ ।
सीबीफीनले भूकम्पबाट पीडितको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेको बताएको छ ।
साथै उसले राहत सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन पनि सम्बन्धित् प्रदेश, जिल्ला तथा स्थानीय निकायहरुमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago