काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने उद्धेष्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने बताएको छ ।

गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ लाभको लागि कामना पनि गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै उसले ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ ।