काठमाण्डौ। बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
यसका साथै कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पले थुप्रैको ज्यान गएको र घरबारविहिन भएको परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने विज्ञप्तिमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago