काठमाण्डौ । नेपालमा कोरोना संक्रमितहरुसँगै बढेसँगै भेन्टिलेटर र आइसियू चाहिने बिरामीको संख्या समेत बढ्न थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ६ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । ती सबै बागमति प्रदेशका छन् । 

यस्तै, देशका विभिन्न प्रदेशमा १०० संक्रमित आइसियूमा उपचारर गराइरहेका मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टाभित्र देशभर ६४१ संक्रमित थपिएका छन् । संक्रमित थपिने क्रम बढेसँगै नेपालमा भेन्टिलेटर र आइसियू बेडको अभाव हुने डर सुरु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेजसरी नै कोरोना संक्रमण बढ्दै जाने हो भने देशमा उपलब्ध सीमित भेन्टिलेटर र आइसियूले नथेग्ने र अवस्था खतरनाक हुने जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । 

यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् ।