काठमाण्डौ । च्यारिटी संस्था अक्सफामले यो वर्षको अन्त्यतिरबाट कोरोनाभाइरसका कारण उत्पन्न हुन सक्ने भोकमरीबाट हरेक दिन १२ हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ।
यो आँकडा सायद हरेक दिन कुनै न कुनै बिरामीबाट ज्यान गुमाउनेको संख्याभन्दा बढी हो।
अक्सफामले भोकमरी बढ्ने थुप्रै कारण हुन सक्ने जनाएको छ। जसमा ठूलो संख्यामा बेरोजगारीका कारण, लकडाउनका कारण खाद्यान्न उत्पादनमा समस्या र सहायता तथा राहातको उपलब्धतामा समस्या समावेश छन्।
अक्सफामले आफ्नो प्रतिवेदनमा भोकमरीका केही हटस्पटहरुका विषयमा पनि चर्चा गरेको छ। जसमा डीआर कंगो, अफगानिस्तान, भेनेजुएला, पश्चिमी अफ्रिकी साहेल, इथियोपिया, दक्षिणी सुडान, सिरियालगायत समावेश छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19