काठमाण्डौ । नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन्।

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ र भोजबीच यस सम्बन्धमा सम्झौता भएको हो। यो सम्झौतापश्चात अब भोज्बाट आइएमई पेमार्फत खरिद गर्दा रु ५०० नबड्ने  गरी २०% क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन्। 

यो अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ।

उक्त अवसरमा आइएमई डिजिटल सोलुसनका बजार ब्यवस्थापक आमोद भट्टराईले भोजमा ‘आइएमई पे’ को भुक्तानी सेवासँगै २०% क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए। 

सेवा सुरुआत गरिएको उपलक्ष्यमा भोजका सहसंस्थापक निकेत अग्रवालले भोजदिल्सबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे।