काठमाण्डौ । मध्यभोेटेकोशी जलविद्युत आयोजनाको आइपीओ बाँडफाँड भएको छ । 

पूर्व निर्धारित समयअनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीस्थित स्मार्ट क्याफेमाका एक कार्यक्रमको आयोजनाबीच आइपीओ बाँडफाँड गरिएको हो ।

मध्यभोटेकोशीले दुवै चरणमा निश्कासन गरेको आइपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

पहिलो चरणको कम्पनीले १०० रुपैयाँँ अंकित दरले १ करोड १७ लाख कित्ता साधारण सेयर सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुका लागि निश्कासन गरेको थियो । पहिलो चरणको आइपीओ कात्तिक २८ देखि मंसिर १४ गतेसम्म निश्कासन भएको थियो । कुल १ लाख ३९ हजार ८०० आवेदन फारममार्फत जम्मा ३ करोड ७१ लाख १४ हजार ४ सय कित्ता माग भएको थियो । पहिलो चरण आइपीओका लागि आवेदन दिनेमध्ये २२ जनाको आवेदन रद्ध भएको थियो । यसरी रितपूर्वक आवेदन दिने १ लाख ३९ हजार ७ सय ७८ आवेदकमध्ये ५० देखि ९० कित्तासम्म आवेदन दिने सबैलाई माग गरे बमोजिम कुल २४ हजार ८ सय ६६ जनाले १३ लाख १२ हजार ४ सय ९० कित्ता पाएका छन् । 

यस्तै, १०० देखि ५०० कित्ता माग गर्ने १ लाख १४ हजार ९ सय १२ जना आवेदकहरुलाई ९० कित्ताको दरले १ करोड ३ लाख ४२ हजार ८० कित्ता गरी कुल १ करोड १६ लाख ५४ हजार ५ सय ७० कित्ता बाँडफाँड गरिएको छ । 

यसपछि बाँकी रहन गएको ४५ हजार ४ सय ३० कित्तालाई १०० कित्तादेखि ५०० कित्तासम्मका लागि आवेदन दिने आवेदकहरुमध्येबाट १० कित्ताको दरले गोलाप्रथाबाट ४ हजार ५ सय ४३ आवेदकलाई बाँडफाँड गरिएको छ । 

मध्यभोटेकोशीले दोश्रो चरणअन्तर्गत १०० रुपैयाँ अंकित दरका २१ लाख कित्ता सेयर संस्थापक संगठित संस्था९नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, सिन्धुपाल्चोक हाइडोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइडोपावर कम्पनी प्रालि तथा सिन्धु भोटेकोशी हाइडोपावर लिमीटेड०का कर्मचारीहरुका लागि मंसिर १९ गतेदेखि २६ गतेसम्म बिक्री खुलाएको थियो । 

दोश्रो चरणमा ८ हजार ४ सय ३९ आवेदन फारममार्फत कुल ३८ लाख ९२ हजार ५ सय ५० कित्ताका लागि आवेदन परेको थियो । 

रितपूर्वक आवेदन दिने ८ हजार ४ सय ३९ मध्ये ५० देखि २५० कित्तासम्मका लागि आवेदन दिने ५ सय ७३ जनालाई माग गरेअनुसारकै सेयर दिइएको र उनीहरुलाई कुल १ लाख १६ हजार ३ सय ८० कित्ता बाँडफाँड गरिएको छ । 

यो चरणमा २६० देखि ५०० कित्तासम्म माग गर्ने ७ हजार ८ सय ६६ आवेदकहरुलाई २५० को दरले कुल १९ लाख ६६ हजार ५ सय कित्ता गरी कुल २० लाख ८२ हजार ८ सय ८० कित्ता बाँडफाँड गरिएको छ । बाँकी रहेको १७ हजार १२० कित्ता सेयरलाई २६० कित्तादेखि ५०० सम्म माग गरी आवेदन दिने आवेदकहरुलाई गोलाप्रथाबाट १७ सय २१ जनालाई १० कित्ताको दरले पुनः बाँडफाँड गरिएको छ । 

यस्तै, यो चरणमा ६ लाख कित्ता आइपीओ ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीहरुका लागि निश्कासन गरिएकोमा खरीदका लागि ६ सय १२ आवेदन फारममार्फत जम्मा ६ लाख ४३ हजार ७ सय ३० कित्ताको लागि आवेदन परेको थियो । 

सबै आवेदकलाई ६ लाख कित्ता सेयर कर्मचारी सञ्चयकोषले निर्धारण गरेको बाँडफाँड तालिका अनुसार नै वितरण गरिएको बताइएको छ । 

आइपीओ कसलाई कति पर्यो त ? रिजल्ट तलको सूचिबाट हेर्नुहोस्: