BG Mall Mobile Expo-073
काठमाण्डौ । ग्राहकहरुलाई सहज रुपमा एकै छानामुनिबाट सबै किसिमका उत्पादनको बिक्रीवतरण गर्ने उद्देश्यका साथ केही समयअघिदेखि काठमाण्डौंको नयाँबसपार्कमा संचालनमा आएको अत्याधुनिक बीजी मलमा बुधबार(भोलि)देखि मोवाइल एक्स्पो हुने भएको छ ।
‘हरेक मोबाइलको खरिदमा हात खालि नजाने उपहार’ योजनासहित बीजी मलले असार १ गते(बुधबार) देखि ११ गतेसम्म मोबाइल एक्स्पो सञ्चालन गर्न लागेको हो ।
एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने छन् भने सो अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक लक्की ड्रमार्फत स्मार्टफोन उपहार पाउने छन् । यस्तै, १० हजार रुपैंयाभन्दा बढीको सामान खरीद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् । एक्स्पो अवधिभरिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये २ जनाले नगद फिर्ताको विशेष स्कीम समेत पाउने बताइएको छ । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने छन् ।
सबै ब्राण्डका मोबाइल एकै छानामुनि खरीद गर्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजारदेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिने आयोजकले जनाएको छ । एक्स्पो अवधिमा मोबाइल खरिद गर्नेमध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा पनि लिन पाउने छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19