Nepal Stock Exchange
काठमाण्डौ । कात्तिक १५ गतेदेखि नेपाल स्टक एक्सचेञ्जमा एउटा समूहगत परिसूचक थप हुने भएको छ।
लगानीकर्ताको मागलाई सम्बोधन गर्दै नेप्सेले लघुवित्त समूहका सूचिकृत कम्पनीहरुको कारोबार मूूल्य मापन गर्ने गरी थप एक समूहगत परिसूचक निर्माण गरिएको नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीदारा जारी विज्ञप्तिमा निर्माण गरिएको माइक्रोफाइनान्सहरुको नयाँ परिसूचकलाई नेप्सेको वेबसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको छ । यसको अर्थ भोलिदेखि माइक्रोफाइनान्स कम्पनीहरुको कारोबार मूल्य मापन छुट्टै समूहगत परिसूचकबाट हुनेछ ।
मंगलबार(आज)सम्म विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये नेपाल राष्ट्रबैंकबाट घ वर्गको लघुवित्त कारोबार गर्ने इजाजतप्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरी नयाँ परिसूचक निर्माण गरिएको नेप्सेको प्रष्टोक्ति छ । यसको अर्थ अब ३३ माइक्रोफाइनान्सको एउटा समूहगत परिसूचक हुनेछ भने ३८ वटा विकास बैंकको साबिककै समूहगत सूचक हुनेछ ।
नेप्सेले लघुवित्तहरुको छुट्टै समूहगत परिसूचक निर्माणको निर्णय असोज २९ गते नै गरेको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago