काठमाण्डौ । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालनमा ल्याएको छ ।
गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा आज(जेठ १५ गते)देखि पुनः संचालनमा ल्याएको हो ।
जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।
सेवा शुभारम्भ गर्न उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ ।
नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।
यसैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ ।
जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् ।
त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।
अनलिमिटेड प्याक र एसएमएस प्याक आज (जेठ १४ गते) देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि *1415*8# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago