काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्स)ले भोलि मंगलबारदेखि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड(केएमसीडीबी)को सेयर कारोबार खोल्ने भएको छ ।

साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई आज नेप्सेमा जनसेवीको १४ लाख४३ हजार ३०० कित्ता र यसभन्दा अघि सूूचिकृत कालिकाको १० लाख ८० हजार कित्ता सेयरसमेत गरी कुुल सुुचिकृत सेयर २५ लाख २३ हजार ३०० कित्ता पुुगेको छ । 

नेप्सेले धितोपत्र सूूचिकरण नियमावली , २०७५ बमोजिम स्टक एक्सचेञ्जमा कारोबार हुन सक्ने गरी नेप्सेको निर्णयानुुसार आज सोमबार कालिका लघुुवित्त वित्तीय संस्थाको कारोबार फुुक्का गरिएको जनाएको छ । 

भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारका लागि फुुक्का पाएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुुरानै संकेत केएमसीडीबीबाटै हुुने र मर्जर प्रक्रियामा जानुुअघिको अन्तिम सेयरमूूल्य ६९९ रुपैयाँ प्रतिकित्तामा नै भोलिका लागि ओपनिङ प्राइस हुुने नेप्सेले जनाएको छ ।