काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथामका लागि उपत्यकाबाहेक अन्य ठाउँमा भोलि सोमबारदेखि सार्वजनिक यातायात एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस रोकथामका लागि सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको जानकारी गराएका थिए। सोहीबमोजिम यातायात व्यवस्था विभागले यस्तो तयारी गरेको हो। 

कानुनतः २५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिन्छ। हालको परिस्थतिमा यसलाई आधार मानेर कोरोना रोकथाम अभियानमा लाग्न कठिन हुने विभागले जनाएको छ। 

एउटै गाडीमा लामो दूरीसम्म लामो समय यात्रा गर्दा संक्रमण हुने डर भएकोले विभागले यो पस्थितिमा उपत्यकाबाट बाहिरने र भित्रिने सार्वजनिक यातायातमा रोक लगाउने निर्णय गरेको छ। त्यस्तै उपत्यकाबाहिरका हकमा भनेर जिल्लाभित्रैसार्वजनिक यातायात चल्न पाउने तर जिल्ला कटेर जान नपाउने विभाले स्पष्ट पारेको छ। 

कोरोना रोकथाममा सरकारले चालेको कदमको यातायात व्यवसायीहरुले स्वागत गरेका छन्। जनताको स्वास्थ्यप्रति सरकारले देखाएको गम्भीर्यताप्रति आफूहरु सजग रहे पनि सेनिटाइजर र माक्स अभाव हुँदा निर्धक्क भएर यातायात सेवा दिन समस्या हुन सक्ने उनीहरुको भनाइ छ। 

सरकारले भोलिदेखि लागू गरेको निर्णय भने निजीसवारी साधन वा मोटरसाइकलरस्कुटरको हकमा भने कुनै रोक लगाइएको छ। यो भाइरस रोकथामका लागि जनता आफैँ पनि सचेत हुन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्।