काठमाण्डौ । ‘१०% प्रभु बैंक ऋणपत्र २०८४’ को कारोबार धितोपत्र दोस्रो बजारमा बुधबारबाट सुरु हुने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र यो ऋणपत्र आज सोमबार सूचीकरण सम्झौता भएसँगै भोलिबाट यस ऋणपत्रको कारोबार सुरु हुने भएको हो। आजै यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका २० लाख इकाइहरु नेप्सेमा सूचीकृत भएका छन्। 

बैंकले गत साउनमा यो २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो। 

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन्। यो ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ। 

यसअघि पनि बैंकले रु. १ अर्बको ऋणपत्र बिक्री गरिसकेको छ।