काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भोलि चैत ६ गतेदेखि आईपीओ निष्कासन गर्दैछ।
आईपीओ निष्कासन गर्न लागेको यो कम्पनीको वित्तीय अवस्था र भविष्यमा लगानीकर्तालाई दिने प्रतिफलका विषयमा जान्न आवश्यक हुन्छ। यसका लागि कम्पनीले अबको ३ वर्षका लागि विभिन्न वित्तीय सूचकमा गरेको प्रक्षेपणलाई केलाउने कोसिस गरेका छौँ।
हाल कम्पनीको चुक्तापुँजी ६७ करोड ५ लाख रुपैयाँ रहेको छ। कम्पनीले चुक्तापुँजी वृद्धि गर्दै आर्थिक वर्ष २०७९/८० सम्म १ अर्ब ४५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीको जगेडा २०७७/७८ मा ११ करोड ६३ लाख रुपैयाँ रहेको छ। कम्पनीले जगेडा कोषको आकार बढाएर २०७८/७९ मा २४ करोड ९२ लाख रुपैयाँ र २०७९/८० मा ४९ करोड ९८ लाख रुपैयाँ बनाउने प्रक्षेपण छ।
चालु आर्थिक वर्षमा कम्पनीको खुद नाफा ११ करोड ६३ लाख रुपैयाँ रहेको छ। खुद नाफा २०७८/७९ मा २४ करोड ९२ लाख रुपैयाँ र २०७९/८० मा ४१ करोड १८ लाख रुपैयाँ हुने कम्पनीको अनुमान छ।
यसैगरी यो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०७७/७८ मा ८.०३ रुपैयाँ रहेको छ भने २०७८/७९ मा ९.१६ रुपैयाँ र २०७९/८० मा ११.२२ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
कम्पनीको नेटवर्थ चालु आर्थिक वर्ष २०७७/७८ मा १०८.०३ रुपैयाँ रहेकोमा २०७८/७९ मा ११७.१९ रुपैयाँ र २०७९/८० मा १२८.४० रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
रिर्टन अन इक्विटी भने चालु आर्थिक वर्ष २०७७/७८ मा ८.०३ प्रतिशत रहेको छ। आगामी आर्थिक २०७८/७९ मा ९.१६ प्रतिशत र २०७९/८० मा ११.२२ प्रतिशत रिर्टन अन इक्विटी पुर्याइने कम्पनीले प्रक्षेपण गरेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १० गते र ढिलामा चैत २० गते बैंकिङ समयपछि हुनेछ।
हाल प्राथमिक बजारमा लगानीकर्ताहरु निकै आकर्षित भइरहेका छन्। पछिल्लोपटक निष्कासन भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा झन्डै साढे १८ लाखले आवेदन दिएका छन्।
यो हिसाबले सिंगटी हाइड्रो इनर्जीको आईपीओमा पनि १८ लाखभन्दा बढीको आवेदन पर्ने देखिन्छ। तर यो कम्पनीको आईपीओ भर्ने २ लाख ६९ हजार ७०० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउने देखिन्छ। त्यसैले यो आईपीओमा पनि १० कित्ता अर्थात १ हजार रुपैयाँमात्र लगानी गर्नु उचित देखिन्छ।
नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।
आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago