काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भोलि सोमबारदेखिका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको स्रोत बताउँछन्। यो सिफारिसअनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षा स्थगित हुनेछन्।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भने चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो। तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै तहका परीक्षा रोक्ने निर्णय गरेको बताइएको छ।