काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर कारोबार भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा आउने भएको छ।

यो कम्पनीको साधारण सेयर आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। नेप्सेमा यो कम्पनीको सर्वसाधारणलाई बिक्री गरिएको २९ लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको १४ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड १ लाख ५० हजार कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेमा कुनै पनि साधारण सेयर सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउनेछ। 

नेप्से पहिलो कारोबारका लागि यो कम्पनीलाई न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। यसको अर्थ भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयमा सेयर किनबेच सुरु हुनेछ। 

सेयर कारोबारका लागि यो कम्पनीलाई नेप्सेले ‘एसएचईएल) संकेत प्रदान गरेको छ। 

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपीओ बाँडफाँड गत चैत १७ गते भएको थियो।