काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र भोलि मंगलबारदेखि कोरोनाविरुद्ध खोप लगाइने भएको छ।

महानगरपालिकाका अनुसार ६० देखि ६४ वर्षसम्मकालाई पहिलो मात्रामा भेसोसेल खोप लगाइनेछ। यो खोप कार्यक्रम जेठ २९ गतेसम्म चल्नेछ। 

वडाअनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गएर खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र साथै लैजानुपर्नेछ।

पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। त्यस्तै, कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै खोप लगाउन पाउने महानगरपालिकाले जनाएको छ। 

यी हुन् खोप केन्द्रहरु–