काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि साउन २० गतेबाट ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ।
कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ।
सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सानिमा लाइफको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो।
यो कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० सम्म प्रतिसेयर आम्दानी (ईपीएस) १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा भने ईपीएस ९.७८ रुपैयाँ रहने कम्पनीको अनुमान छ।
यसैगरी प्रतिसेयर नेटवर्थ २०७९/८० १३९.३३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आवमा प्रतिसेयर नेटवर्थ १२१.७३ हुने अनुमान गरिएको छ।
यसैगरी आगामी आर्थिक वर्षमा कम्पनीको नेटवर्थमा प्रतिफल १२.२८ प्रतिशत पुग्ने र चालु आवमा ८.०३ प्रतिशत हुने अनुमान गरिएको छ।
कम्पनीको सञ्चित आय भने चालु आवमा ३४ करोड ४६ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। यस्तो आय आगामी आवमा ६४ करोड ३३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
यो कम्पनीका देशभर ११८ शाखा तथा उपशाखा कार्यालय छन्। केन्द्रीय कार्यालय भने काठमाण्डौको कमलादीमा रहेको छ।
कम्पनीमा संस्थापक सेयरधनीबाट ४ जना, सर्वसाधारण सेयरधनीबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक गरी ७ जना सञ्चालक रहने व्यवस्था गरिएको छ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया रहेका छन्। उनीसँग जीवन बीमा क्षेत्रमा २० वर्षभन्दा बढीको कार्यानुभव रहेको छ।
हाल कम्पनीमा कुल २२३ जना कर्मचारी कार्यरत छन्। जसमा स्थायी कर्मचारी १५६ जना, परीक्षणकालमा ७ जना र करारमा ६० जना छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago