काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलि बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार यो कम्पनीको सेयर सूचीकृत भएसँगै भोलि बिहीबारबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको भोलिबाट कारोबार आउने गरेको छ।
यो कम्पनीको १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र ६० लाख कित्ता सर्वसाधारण समूहको रहेको छ।
नेप्सेले यो कम्पनीलाई ‘एसएलआई’ संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ। यदि भोलि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) मा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच भएमा यो कम्पनीको सेयर नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि खुल्नेछ।
सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।
कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19