काठमाण्डौ । चन्द्रागिरि केबलकार भोलि शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। 

कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि नियमित रुपमा सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सले जनाएको छ। केबलकारसँगै रेस्टुरेन्टलगायतका सेवा स्वास्थ सुरक्षा मापदण्ड सुचारु हुने कम्पनीले जनाएको छ। 

चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुारम्भ गर्न लागेको जानकारी दिए।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको चन्द्रागिरिमा भोलिदेखि जिपलाइन पनि सञ्चालनमा ल्याउने कम्पनीले तयारी गरेको छ।