काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीहरुलाई सोमबार बिहान एउटै समयमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
उनले कोरोनाविरुद्धको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवा प्रवाहमा अनवरत खटिएकाहरुको सम्मानमा सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन नागरिकहरुमा आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले यसअघि नै नयाँ वर्षको दिन विहान ८ बजे घरको बार्दली, छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो । प्रधानमन्त्री ओलीले सोही कार्यक्रमलाई समर्थन गर्दै यस्तो आह्वान गरेका हुन् ।
आइतबार एक ट्वीट गर्दै प्रधानमन्त्रीले लेखेका छन्-'राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!“, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।'
ग्लोबल कम्प्याक्ट नेपालले सबैले राष्टिय गान गाएपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाउन समेत आह्वान गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago