काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम भोलि शुक्रबार पेस गरिने भएको छ। 

प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने भएको हो। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। 

यसअघि अस्वस्थताका कारण राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेस नगरिने भन्ने कुरा आएको थियो। नीति तथा कार्यक्रम प्रधानमन्त्री वा राष्ट्रपतिबाट पेस हुने भनिएको थियो। तर, स्वास्थ्य अवस्था सामान्य भइसकेकोले राष्ट्रपति पौडेलले नै नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन्।