काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि शनिबार बाँडफाँड हुने भएको छ।

सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा हुनेछ। 

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ। साउन २४ गते साँझसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट कुल ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ६.८४ गुणा बढी आवेदन हो। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल गत बुधबार साँझसम्म प्रिअलटमेन्टको काम सकेको छ। प्रिअलटमेन्टपछि आवेदकको संख्या हेरफेर हुन सक्छ।