काठमाण्डौ । भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१)को सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ।
काठमाण्डौको अनामनगरस्थि कार्की भवनमा रहेको यो ब्रोकर हाउसमा लगानीकर्तालाई फराकिलो पार्किङको पनि सुविधा रहेको छ। यो ब्रोकर हाउसमा दुर्गा तिवारी र अञ्जीव तुलाधारको मुख्य लगानी रहेको छ भने अन्य २० भन्दा बढी लगानीकर्ता छन्।
ब्रोकर सञ्चालिका दुर्गा तिवारीका अनुसार यो ब्रोकरमा पहिले आउने १ हजार ६१ जनालाई निःशुल्क डिम्याट खाता र मेरो सेयर खाताको अफर पनि रहेको छ। यसका साथसाथै लगानीकर्तालाई कारोबार समयपछि निःशुल्क प्राविधिक शिक्षा पनि सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, अम्बिका पौडेल, केशव कोइरालालगायत लगानीकर्ताको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19