 
                     
                                
                             
                                    काठमाण्डौ। अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन विकासका लागि मानवपरीक्षणले सुुखद नतिजा दिलाउने आश जागेपछि मंगलबार एसियाका सेयर बजारमा उछाल देखिएको छ।
मंगलबार दक्षिण कोरियाको सेयरबजार कोप्सीमा २.२५ प्रतिशतको वृद्धि देखिएको छ। दक्षिण कोरियाको कार निर्माता कम्पनी हुुन्डाईको सेयरमूल्यमा ७.८३ प्रतिशतको उछाल आएको छ।
जापानको निक्की २२५ को कारोबार पनि १.४९ प्रतिशतको बढोत्तरीका साथ बन्द भएको छ। जापानको रोर्बट निर्माता कम्पनी फानुुसको सेयरमूल्यमा ३.९९ प्रतिशतको वृद्धि भएको छ।
टोपिक्स इन्डेक्सले पनि १.८३ प्रतिशत आर्जन गरेको छ। एचएसबिसीको सेयरमूल्यमा ३.५ प्रतिशतको उछालसँगै हङकङको हाङ सेङ इन्डेक्समा २.०६ प्रतिशतको वृद्धि देखिएको छ।
चीनको सांघाई कम्पोजिट ०.८१ प्रतिशत बढेको छ। त्यस्तै अस्ट्रेलियाको एस एन्ड पी÷एएसएक्स २०० मा १.८१ प्रतिशतको उछाल देखिएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19