security board of nepal
काठमाण्डौ । अर्थमन्त्रालयको निर्देशनमा आन्तरिक राजश्व कार्यालयले सेयर दलाल(ब्रोकर) कम्पनीहरुको कमिसनमा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाउन पत्र काटिएको विरोधमा बिहीबार ब्रोकरहरुले सेयर कारोबार बन्द गर्दा बजार ठप्प बनेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्जले साबिकको झै ११ बजेदेखि नै बजार खुलाए पनि ब्रोकरहरुले खरीद तथा बिक्री आदेश नलिंदा कारोबार ठप्प भएको हो ।
दुुई ब्रोकर कम्पनीलाई २०६९/७० देखिको कमिसनको भ्याट, जरीवाना लगायतको शुल्क तिर्न भन्दै सरकारले पत्र लेखेपछि कारोबार बन्द गरी सबै ब्रोकरहरु धितोपत्र बोर्ड पुुगेका छन् । यता, राजश्व कार्यालयले भने अन्य ४८ कम्पनीहरुलाई समेत भ्याट तिर्न निर्देशनसहितको पत्र पठाउने तयारी थालेको छ ।
महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसनमा पनि भ्याट लगाउनुपर्ने भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि आन्तरिक राजस्व कार्यालयले दुई ब्रोकर कम्पनीलाई भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज समेत भुक्तानी गर्न पत्र लेखेको हो । आन्तरिक राजश्व कार्यालयले सबै ब्रोकर कम्पनीलाई भ्याटमा दर्ता हुन निर्देशन दिएको स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बताए ।
उनका अनुसार ब्रोकर नम्बर ५३ इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई भ्याट दायीत्व डेढ करोड र ५२ नम्बर ब्रोकर सुन्धारा सेक्युरिटीजलाई ६० लाख बुुझाउन लिखित निर्देशन दिइएको छ । अन्यलाई कम्पनीगत रुपमा लिखित तागेता नै नगरिहालिए पनि ठूलो रकम कमिसनको भ्याटको रुपमा बुुझाउनुपर्ने र यो गलत निर्णय भएको भन्दै ब्रोकरहरु आन्दोलनमा उत्रिएका हुन् ।
करिब एक वर्षदेखि सेयर ब्रोकरहरुलाई अन्तः शुल्क कर (भ्याट) लगाउने आन्तरिक राजश्व कार्यालयले प्रयास गरिरहेको थियो । यो बीचमा ब्रोकरहरुको तीव्र विरोध तथा धितोपत्र बोर्डको समेत पहलका कारण त्यो संभव हुन सकेको थिएन। आन्तरिक राजश्व कार्यालयले ५० मध्ये अन्य ४८ ब्रोकर कम्पनीहरुलाई समेत अलग–अलग पत्राचार गर्दै कसिमनको भ्याट बुुझाउन पत्र लेख्ने तयारी गरिरहेको त्यहाँस्थित स्रोतले जनाएको छ ।
अन्तः शुल्क करबापत ब्रोकर कम्पनीहरुले आफ्नो कमिसनको आधारमा १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ । ब्रोकरहरुले भने यो कर सेयर लगानीकर्ताबाट भराउन पाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनीहरुको माग पूरा भए सेयर लगानीकर्ताहरुको लागत केही बढ्ने देखिएको छ ।
ब्रोकरहरुले आफूहरुले लिएको कमिसनको केही हिस्सा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले पनि लिएकोले आन्तरिक राजश्व कार्यालयले भ्याट तिर्न पत्राचार गर्नुलाई त्रुटिपूर्ण पनि भनेका छन् । उनीहरुले आफूहरुका लागि सहज वातावरण नभएसम्म सेयर खरीद बिक्रीको आदेश नलिने र अनिश्चितकालका लागि बजार बन्द रहने चेतावनी समेत दिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago