काठमाण्डौ । आलु र प्याजको खरिदबिक्री गर्दै आएका व्यवसायीहरुले सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै  विरोध गरेका छन् ।

व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।

भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघले बताएको छ ।

संघका अनुसार भ्याटमा नगएको भन्दै आन्तरिक राजस्व कार्यालयले व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य गरिरहेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आलु र प्याजको कारोबारमा १३ प्रतिशट भ्याट (मूल्य अभिवृद्धि कर) लागू गर्ने निर्णय गरेको थियो । 

देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको बताइएको छ । व्यवसायीको हड्तालका कारण बजारमा आलु र प्याजको मूल्यमा कार्टेलिङ भएको  उपभोक्ताहरुले गुनासो गरेका छन् ।