काठमाण्डौ । लकडाउन कडाइसँगै हिजो बिहीबारबाट बन्द धितोपत्र बजार भएसँगै गत मंगलबार र बुुुधबारको धितोपत्र कारोबारको राफसाफ सरेको छ।
सेबोन र नेप्सेको निर्देशनबमोजिम नै मंगलबार र बुुधबारको धितोपत्र राफसाफ गर्ने निर्णय भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कामुु सीईओ कञ्चन सापकोटाले जानकारी दिइन्। गत मंगलबार र बुुधबारको कारोबार रद्द नहुुने स्पष्ट पार्दै उनले लकडाउन खुुुलेपछि धितोपत्र कारोबारको सेटलमेन्ट हुने बताइन्।
लकडाउनकै दौरान गत बैशाख ३० र ३१ गते धितोपत्र कारोबार सम्पन्न भएको थियो। धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौटका लागि टीप्लस थ्रीअन्तर्गत गत मंगलबार सम्पन्न धितोपत्र कारोबारको सेटलमेन्ट मिति आज शुुक्रबार हो।
तर सीडीएससीले लगानीकर्ताहरुको दोस्रो बजारमा असहजता र स्वास्थ्यलाई मध्यनजर गर्दै बन्द भएको बजार सीडीएससीको सञ्चालक समितिको हिजो बिहीबार सम्पन्न बैठकद्वारा धितोपत्र कारोबार सेटलमेन्ट स्थगन गरेको जनाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago