काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेका ग्लोबल आइएमई ब्यालेनस्ड फन्ड–१ र समुन्नत स्किम–१ को वित्तीय विवरण सार्वजनिक भएको हो। 

मंसिरमा ब्यालेन्स्ड फन्ड–१को न्याभ बढेर ९.८८ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा यो योजनाको न्याभ ९.८७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४० करोड ८२ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी ३९ करोड ८१ लाख रुपैयाँ थियो।

मंसिरमा यो योजनाको कुल नोक्सानी १ करोड २५ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल नोक्सानी १ करोड ३१ लाख रुपैयाँ थियो।

मंसिरमा समुन्नत योजना–१ को न्याभ पनि घटेर ९.११ रुपैयाँ कायम भएको छ। गत कात्तिकमा न्याभ ९.१२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत मंसिरसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८६ करोड २३ लाख रुपैयाँ लगानी भएको छ। गत कात्तिकसम्म यस्तो लगानी ८५ करोड ५६ लाख रुपैयाँ थियो।

मंसिरमा यो योजनाको कुल नोक्सानी ३८ करोड ९६ लाख रुपैयाँ रहेको छ। गत कात्तिकमा कुल नोक्सानी ३८ करोड ८६ लाख रुपैयाँ थियो।