काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’का इकाइहरु आउँदो मंसिर ४ गतेबाट बिक्री खुला गरिने भएको छ।
यो योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिने भएको हो। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गरिनेछ।
योजना व्यवस्था एनआईसी एसिया क्यापिटलका अनुसार कुल इकाइमध्ये बीजपुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ अर्थात १५ करोड रुपैयाँ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।
लगानीकर्ताले यस योजनामा आउँदो मंसिर ७ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। यो अवधिसम्म मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा निष्कासन अवधि मंसिर १८ गतेसम्म लम्बिन सक्नेछ।
एनआईसी एसिया ग्रोथ फन्ड–२ बन्दमुखी योजना हो। यो योजनाको अवधि ७ वर्ष रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19