काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

आज एक कार्यक्रमबीच बिक्री प्रबन्धक प्रभू क्यापिटल लिमीटेडले आइपीओ बाँडफाँड गरेको हो । 

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये १ लाख ३३ हजार ७३० जनाले १० कित्ताको दरले सेयर पाएका छन्। 

आवेदकमध्ये २ जनाले भने ११ कित्ताको दरले आइपीओ पाएका प्रभू क्यापिटलले जनाएको छ । 

यो कम्पनीले आयोजना प्रभावित, विदेशमा काम गरिरहेका नेपाली लगायतलाई आइपीओ निश्कासन गरेको थियो । कुल १३ लाख ३७ हजार ३०२ कित्ता साधारण सेयर बिक्रीका लागि खुलाइएको थियो । 

चैत १९ गते आइपीओ बिक्री खुलेकोमा २२ गते बन्द भएको थियो। 

कुल १३ लाख ४० हजार ८५१ जनाले १ करोड ४९ लाख ३८ हजार ९० कित्ताका लागि खरीद आवेदन दिएका थिए । 

कुल आवेदकमध्ये ५३ हजार ४७५ सीआस्वाबाट आएका आवेदन रद्ध भएका थिए । कुल १० लाख २६ हजार ९०० कित्ताका लागि आएका आवेदन रद्ध गरिएको प्रभू क्यापिटलले जनाएको छ । 

सिडिएससीमा यो कम्पनीको आइपीओका लागि कुल १२ लाख ८७ हजार ३७६ भेरिफाइड आवेदकबाट १ करोड ३९ लाख ११ हजार १९० कित्ताका लागि आवेदन परेको थियो । 

आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिएका थिए ।