काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर आउँदो आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

कम्पनीको आईपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आइतबारबाट सेयर कारोबारमा आउने भएको हो। 

नेप्सेमा यो कम्पनीको कुल ७६ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा स्थानीयको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको १५ लाख २० हजार कित्ता र संस्थापको ५३ लाख २० हजार कित्ता छन्। 

नेप्सेले मकर जितुमाया सुरी हाइड्रोपावरलाई ‘एमएकेएआर’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९२.७१ रुपैयाँ र अधिकतममा २७८.१३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।