काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ आज चैत ९ गते बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाउँपालिकाका स्थानीयलाई ७ लाख ६० हजार कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई १ लाख ५२ हजार कित्ता आईपीओ जारी गरेको थियो।
स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम, ३ हजार ५१४ आवेदकलार्ई जम्मा ६ लाख ७८ हजार ६०० कित्ता सेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता र २० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago