symbolic photo
काठमाण्डौ । मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।
गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो ।
सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त १ हजार नाघ्ने अनुमान गरिएको छ। निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको थियो ।
हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको बताइन्छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago