काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने जनाएको छ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भोट हाल्ने व्यवस्था गरिएको छ। मतगणना सकिएको २ घन्टासम्म अर्थात राति ७ बजेसम्म मतपेटिका संकलन गर्ने र राति ९ बजेदेखि मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ। 

काठमाण्डौ उपत्यकालगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाटै मतगणना सुरु गर्ने तयारीमा आयोग रहेको छ। 

आयोगका अनुसार हिमाली जिल्लाहरुमा भने भोलि बिहान ५ बजेबाट मतगणना सुरु हुनेछ। हिमाली जिल्लामा मतपेटिकाहरु आजै जम्मा गर्न नसकिने भएकोले भोलि बिहानबाट नै मतगणना सुरु गरिने आयोगले प्रस्ट पारेको छ। 

प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिनभित्रमा प्रकाशित गर्ने लक्ष्य आयोगले लिएको छ। मंसिर २२ गतेभित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने आयोगले जनाएको छ।