काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ। 

अहिलेसम्म भरतपुरमा ५ हजार ७१२ मत गनिसक्दा मेयर र उपमेयरका केही उम्मेदवारको पक्षमा एक मत पनि आएको छैन। 

भरतपुर महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल २२९२ मतका साथ अग्रता लिइरहेकी छन्। उनलाई पछ्याउँदै एमालेका विजय सुवेदीले दोस्रो धेरै २१८९ मत पाएका छन्। 

महानगरको मेयरमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर पुन मगर, जनमत पार्टीका सञ्जयकुमार ठाकुर, राप्रपा नेपालका लक्ष्मण अधिकारी, स्वतन्त्र उम्मेदवार कुलराज कँडेलले अझै एक मत पनि पाएका छैनन्।

महानगरको मेयरमै स्वतन्त्र उम्मेदवारी दिएका रमेश भण्डारी, मिलन अधिकारी, रामकृष्ण ओझा, हरिशरण श्रेष्ठ, हरिश्चन्द्र घिमिरे र मोहित पाण्डेले पनि अहिलेसम्म एक मत पाएका छैनन्। 

यसैगरी महानगरमा उपमेयरमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीकी मीना मगर र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर तामाङले अहिलेसम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन्।