काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आज (मंसिर ४ गते) देशभर मतदान सुरु भइसकेको छ। 

मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। बिहानै मतादान केन्द्रहरुमा मतदाताको लाइन देखिएको थियो। 

आगामी ५ वर्षका लागि प्रतिनिधि र प्रदेशसभा सदस्य चयन गर्न मतदाताहरुले उत्साहपूर्वक भोट हालिरहेका छन्। 

मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानुपर्नेछ। परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, लालपुर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, पासपोर्ट(राहदानी)का आधारमा पनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।

यसपालि प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये१ हजार ५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार छन्।

प्रदेशसभा सदस्यका लागि भने ३२२४ जनाले उम्मेदवारी दिएका छन्। जसमा २ हजार १३० जना दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार छन्।