काठमाण्डौ । निर्वाचन आयोगले आज अपराह्नसम्म देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको छ। 

आयोगले एक सूचना जारी गर्दै दिउँसो ३ः३० बजेसम्म विभिन्न १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जानकारी दिएको छ। ती रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयास भइरहेको पनि आयोगले जनाएको छ। 

देशका बाँकी स्थानमा भनेर प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको आयोगले उल्लेख गरेको छ।