काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आगामी बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आवेदन संकलन केन्द्रहरुको सूची सार्वजनकि गरेको छ ।
कम्पनीले हाल द्वितीय चरणमा रु. १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो । जसमा सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १० प्रतिशत अर्थात ६० करोड बराबरको ६० लाख कित्ता निश्कासन गर्न लागिएको हो । यसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५(साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।
यसैगरी जारी पूँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण शेयरहरुमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि आइपीओ निश्कासन भने केही पछि गरिने बताइएको छ ।
आयोजना प्रभावित क्षेत्र र जिल्लाका लागि बैशाख २१ गतेदेखि निश्कासन हुने आइपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । स्थानीयबासीले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ ।
निर्माणाधीन यस आयोजनाकोअद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ ।
आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सह निश्कासन तथा बिक्री प्रबन्धकको रुप्मा प्रभू क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।
स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्कासन तथा विक्री खुल्ला गरिदा निम्नानुसारका संकलन केन्द्रहरुबाट दरखास्त बुझिलिने ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ:
सिन्धुपाल्चोक जिल्लाभित्र
काठमाण्डौं उपत्यकाभित्र
(उपरोक्त संकलन केन्द्रहरुमा चेकमात्र बुझिलिने व्यवस्था गरिएको छ।)
साथै नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।१०।०७ को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुले ऐच्छिक रुपमाआस्वा प्रणालीमार्फतसमेत आवेदन दिन सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19