काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अचाक्ली आकर्षण देखिएको छ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा हिजो बिहीबारबाट आवेदन खुला गरिएको छ। यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरिएको छ।
कुल कित्तामध्ये जारी पुँजीको ०।५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार दोस्रो दिन साँझ ५ बजेसम्म यो आईपीओमा १२ लाख ३१ हजार २११ आवेदकबाट १ करोड ६३ लाख ८९ हजार ८४० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ४५.०९ गुणा बढी आवेदन हो।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द असार २१ गते हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
गत असार ६ गते धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको यो आईपीओका लागि मनकामना स्मार्टलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago