काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।
मनकामना स्मार्टको आईपीओ सोमबार धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा हुने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ।
मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०।५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो आईपीओमा २० लाख ३६ हजार २४५ आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७३ गुणा बढीले बढी आवेदन हो।
यो हिसाबले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुईजनाले थप १/१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा झन्डै २० लाख आवेदकको हात खालि हुने भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago