काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म झन्डै १४ लाखको आवेदन परेको छ।
कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आईपीओ आज साउन ३१ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १३ लाख ९५ हजार ७० आवेदकबाट कुल १ करोड ५४ लाख ९३ हजार ४३० कित्तका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ६.८१ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले सेयर पाउनेछन्।
मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago