काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश नदिने भएको छ  ।

कम्पनीको मंसिर १४ गते बसेको  सञ्चालक समितिको बैठकले  लाभांश बितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरी नेपाल राष्ट्र बैंक पठाएको बताएको छ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।

गत वर्ष कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।