काठमाण्डौ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा आज दुर्घटनाग्रस्त भएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ।

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बको सुर्केबाट बिहान १० बजे काठमाण्डौका लागि उडेको थियो। सवा १० बजेदेखि सम्पर्कविहीन बनेको हेलिकोप्टर लाम्जुरापासमा दुर्घटनाग्रस्त भएको थियो। 

हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएका थिए। हेलिकप्टरमा ५ जना मेक्सिन नागरिक सवार पनि थिए। 

सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले अहिलेसम्म घटनास्थलबाट ६ जनौ शव फेला परेको जानकारी आएको बताइन्। ‘घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरी टोलीले ६ जनाकै शव फेला परेको खबर दिएका छन्’, उनले भनिन्, ‘शव क्षतविक्षत अवस्थामा भेटिएको छ। पहिचान खुलिसकेका छैन।’

अहिले पनि घटनास्थलमा उद्धारकार्य जारी रहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिइन्। ‘हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हुन सक्ने प्रारम्भिक अनुमान छ’, उनले भनिन्।