काठमाण्डौ । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भएपनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

परराष्ट्रमन्त्री भएपछि उनले दुइटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कारपियो’ गरी तीन वटा सरकारी गाडी प्रयोग गरिरहेका छन् । 

मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कारपियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । यो खबर आजको नागरिकमा छापिएको छ ।