काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आउँदो असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले जारीपुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गर्न लागेको हो। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविक सार्दिखोला गाविस, घाचोक गाविस, लाहाचोक गाविस र धिताल गाविका) का बासिन्दाले आवेदन दिन पाउनेछन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि हुनेछ।
आईपीओका लागि काठमाण्डौको सिनामंगलस्थित मन्दाकिनी हाइड्रोपावरको रजिस्ट्रार कार्यालय, कास्कीको लाहाचोकस्थित पोखरा फाइनान्स, हेम्जाको एनएमबि बैंक र लामाचोरस्थित प्राइम कमर्सियल बैंक संकलन केन्द्र तोकिएको छ।
आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago