काठमाण्डौ । मर्चेन्ट बैंकरको संचालक तथा प्रमुख कार्यकारी अधिकृत बन्नलाई अब केही सीमाहरुको सामना गर्नुपर्ने भएको छ । 

धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावली अर्थ मन्त्रालयको स्वीकृतिमा संसोधन गरी यस्तो व्यवस्था गरको हो । 

जसअनुसार धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा रहँदा स्वार्थ बाझिनसक्ने भएको उल्लेख गर्दै सो हुन नपाउने व्यवस्था गरिएको हो । 

सम्पत्ति शुद्धिकरण सम्बन्धी कानून बमोजिम मर्चेन्ट बैंकरहरुले समेत सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । 

मर्चेन्ट बैंकरले समेत संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताका लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

मर्चेन्ट बैंकरको सेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ सेयरधनी थप गर्नुपूर्व बोर्डमा अभिलेख गराउँदा अंकित मूल्यको सट्टामा बिक्री मूल्यमा गराउनुपर्ने व्यवस्था समेत गरिएको छ ।