काठमाण्डौ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरले प्रदान गर्ने संस्थागत परामर्श सेवालाई प्रभावकारी बनाउन केही कडाईसहित नीतिगत व्यवस्था गरेको छ ।
बोर्डले आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा संचालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि लगायतका विषय समावेश गरी अनुमतिप्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरहरुलाई केही कस्दै नयाँ व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार संस्थागत परामर्श सेवा प्रवाह गर्ने मर्चेन्ट बैंकरहरुले अब कम्तीमा १ हजार वर्गफिट क्षेत्रफल भएको कार्यस्थलको व्यवस्था गर्नुपर्नेछ । कार्यस्थलमा आगन्तुक प्रतिक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधिसहित व्यवसाय संचालन सम्बन्धी कार्य संचालन गर्न छुट्टा छुट्टै कक्ष बनाउनुपर्नेछ ।
कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहालसम्बन्धी सम्झौता हुनुपर्ने, संचार साधनः टेलिफोन, फ्याक्स सहित इमेल/इन्टरनेटको व्यवस्था हुनुपर्ने, आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवेयरको व्यवस्था हुनुपर्ने, जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सिसिटिभी, पावर व्याकअप, हाजिरी मेशिन राखिनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्रीको व्यवस्थापन हुनुपर्नेछ ।
बोर्डले संस्थाको संगठनात्मक संरचना र त्यहाँ कार्यरत सीइओ, विभागीय प्रमुख लगायतको योग्यता समेत तोकेको छ । जुन यसप्रकार छः
प्रमुख कार्यकारी अधिकृतको योग्यता सम्बन्धमा:
धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागि आवश्यक जनशक्ति सम्बन्धमाः
कार्य विभाजन तथा कार्य विवरण सहित देहाय अनुसारको विभाग प्रमुखः
अनुपालना अधिकृत र निजको योग्यता सम्बन्धमाः
संस्थाबाट प्रदान गरिने परामर्श सेवा अनुसारको विज्ञ जनशक्तिका सम्बन्धमाः
देहायको विषय समाबेश भएको परामर्श सेवासम्बन्धी नीति, विनियमावली र कार्यविधिः
कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थासँग कुनै प्रकारको सेवा लिन चाहेको भए सो सम्बन्धी सम्झौतापत्र पूर्व स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19